काभ्रे, १६ फागुन । एमसीसी सम्झौतामा शासक दलहरूबाट भएको देशघातको विरोधमा नेपाल मजदुर किसान पार्टी काभ्रेको आयोजनामा बनेपा चारदोबाटो चोकमा विरोध सभा गरेको छ ।
सभामा नेमकिपाका केन्दीय सदस्य एवम् वागमती प्रदेस सभा सांसद सुरेन्द्रराज गोसाईले एमसीसी सम्झौताको चर्चा परिचर्चासँगै नेमकिपाले सडक र सदनमा औपचारिक विरोध गरेको बताउनुभयो ।
२०७६ फागुन १३ गते काठमाडौं महाराजगन्ज स्थित अमेरिकी दूतावासमा पुगेर तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नाउँमा पठाएको पत्रमा एमसीसी स्वीकार्य छैन, नेपाली जनताले यसलाई अस्वीकार, बहिस्कार गर्ने उल्लेख गरी पठाएको स्मरण सुनाउनु भयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले दुई वर्ष अगाडि देखि एमसीसीका देशघाती सर्तहरू जनता समक्ष राख्दै निरन्तर काभ्रे जिल्लाका विभिन्न पालिकाहरूमा जुलुर र सभा गरेको बताउनु भयो । विरोध सभामा हेम शंकर गिरी, दिनेश खड्गी, भोला खरेल, मुना तामाङ, ओमप्रसाद मानन्धरलगायतले बोल्नु भएको थियो ।
