नेपालमा रहेको कम्युनिटि वेलनेस सेन्टर तथा बनेपा डाईग्नोष्टिक ल्यावेरेटोरी एण्ड रिर्सच सेन्टर प्रा लिको शनिवार उद्धाटन भएको छ । बनेपा नगर पालिकाका प्रमूख लक्ष्मी नरसिंह वादेले सेन्टरको उद्धाटन गर्दै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभयो । शुभारम्भ कार्यक्रममा बनेपा नगर उप–प्रमुख रेखा सापकोटा दाहाल, नेपाल उधोग वाणिज्य संधका केन्द्रिय सदस्य सुरकृष्ण वैध, वाग्मती प्रादेशिक ल्यावका निर्देशक नारायण कार्की , बनेपा न.पा. ७ का वडा अध्यक्ष दानबहादुर मानन्धर सेन्टरका प्रबन्ध निर्देशक ससि कुमार सुवाल लगाएतको उपस्थित रहेको थियो । एक दिने नि ः शुल्क स्वस्थ्य शिविरको समेत आयोजना गरिएको कार्यक्रममा ६ सय भन्दा बढीले सेवा लिएको सञ्चालक दिपेश ताम्राकारले बताउनु भयो ।
