डाँडापारी, भूकम्पले पूर्ण रुपमा क्षति भएका डाँडापारी क्षेत्रका तीन विद्यालय बल्ल बन्ने भएको छ । बागमती प्रदेशका मूख्य मन्त्री राजेन्द्र पाण्डेले विहिवार महाभारत गाँउ पालिकाका तीन विद्यालयका तीन विद्यालयका भवन एक कार्यक्रम विच शिल्यान्यास गर्नु भयो । महाभारत गाँउ पालिका वडा नं १ को गोकुले माध्यामिक विद्यालय ५ करोड ९२ लाख ६५ हजार लागत मूल्यमा १८ कोठे २ भवन, २ नं वडाको कालीदेवी मा.विको ६ करोड ९६ लाख लागतमा १८ कोठे भवन बन्ने भएको छ ।
८ नं वडाको ५ करोड ९४ लाख २८ हजार कुल लागतमा १८ कोठे दुई भवन एशियाली बैंक एडिबीको सहयोगमा भवन र्निमाण सम्पन्न हुने कुरा गाँउ पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री रत्न ढकाल , नेकपा माओवादीका प्रदेश सचिव इन्द्र वहादुर थिङ केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा ) का निर्देशक रामशरण सापकोटा , उप – निर्देशक युवराज पौडेल महाभारत गाउँ पालिका ८ नं वडाका वडा अध्यक्ष टंकलाल थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।
