IMG-LOGO

काभ्रेबाट चार केन्द्रीय सदस्य

 मंगल, फागुन २४, २०७८  ---

 

     नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकले सदस्यहरुको टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाएका हुन् । बाँकी १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य भनेका छन् ।

     काभ्रेबाट चार नेता केन्द्रीय सदस्यमा परेका छन् । तेजबहादुर मिजार, सुर्यमान दोङ (लालध्वज), डा. भरत लामिछाने र रत्न ढकाल केन्द्रीय सदस्य भएका हुन । यसअघि तीन महिला नेतृ रुकु चौलागाइ, मिना तामाङ र कमला दोङ केन्द्रीय सदस्य भएका थिए  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्