काभ्रे । कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेको ‘तृष्णामा अल्झिएको जीवन’ नाम लेख संग्रह र ‘जीवन एक ः यात्रा अनेक’ नामक कविता संग्रह गरी दुई कृति बिमोचन गरिएको छ । ती कृतिहरु संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बिमोचन गर्नुभएको हो । अक्षरमार्गको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुबै पुस्तक पठनीय रहेको बताए । एक फरक प्रसङ्गमा नेवाः समुदायमाथ विभिन्न किसिमले आक्रमण र अतिक्रमण हुनु दुखद् भएकाले नेवाः समुदाय एक हुनुपर्नेममा जोड दिए । कार्यक्रममा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक एवं साहित्यकार सूर्यप्रसाद लाकोजूले विमोचित कृतिबारे आफ्नो धारणा राख्दै कृति मार्मिक भएको बताए। सोह अवसरमा उनले कवि जोन्छेको विवाहको ४८ औ बर्षगाठको अवसर समे भएको उल्लेख गर्दै अक्षरमार्गको तर्फबाट कदर पत्र समेत प्रदान गरे ।
२०४४ सालदेखि ०६७ सालसम्म सरकारी सेवा कार्यरत जोन्छेले ३१ औं शिक्षा दिवसको अवसरमा शिक्षा पदक समेत पाइसकेका छन् । लेखक जोन्छेले निकै भावुक भएर आफूले जीवनमा भोगेका अनुभवहरु सुनाए। कवि ध्रुव मधिकर्मीले स्रष्टाको कृतिबारे बोले। तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, गीता दहाल, पवन बनेपाली, जयदेश श्रेष्ठ, बटुककृष्ण पौडेल लगायतले स्रष्टा जोन्छेंलाई शब्दमार्फत शुभकामना दिएका थिए ।
