बनेपा नगरपालिका वडा नं ११ को पाकुटोलमा शान्ति पार्क बन्ने भएको छ । आइतबार पूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रम बीच शिलान्यास गर्नुभयो । उक्त पार्क १ करोड ६५ लाख १७ हजार ८ मुल्य अभिवृद्धि कर बाहेकमा शान्ति पार्क बन्ने छ । ज्ञानज्योती, कौशिल बस्नेत, प्रदेज जे.भीले पुष १८ गते सम्झौता गरेको हो ।
उक्त अयोजना २०७९ जेठ मसान्त सम्ममा सम्पन्न गरी सक्नु पर्ने कुरा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी, नगर प्रमुख लक्ष्मीनरसिंह बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा वडा नं ११ का वडा अध्यक्ष शिवकुमार थापा र स्थानीय बासीको उपस्थिति रहेको थियो ।
