काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका घर भएको व्यक्तिले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट २०७७ चैत्र १२ गते नेपाली नागरिकता प्राप्त गरी विदेश जाने प्रलोभनमा परी आफ्नै दाईलाई बुवा उल्लेख गरीकिर्ते नक्कली जन्मदर्ता बनाई नावालक भाईलाई काका भनि सनाखत गराईपुनः मिति २०७८।०९।२५ गते झुठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता लिएका छन् । निजले प्राप्त गरेको पछिल्लो नेपाली नागरिकता जिप्रका काभ्रेमा २०७८ फागुण १३ गतेको निर्णयले रद्ध गरीनिम्न प्रतिवादी र कानुनको बिवादमा परेका बालक गरी २ जनालाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट कानून बमोजिम नियन्त्रणमालिई निजहरु उपर नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिप्रका काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।
साथै जिल्ला काभ्रेपलाञ्चोक साविक धुलिखेल न.पा.वडा नं.०५ हाल ऐ. धुलिखेल न.पा.वडा न.०६ बस्ने बर्ष ३८ को सुभास कुमार श्रेष्ठले मिति २०४९।०९।२९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता प्राप्त गरी कतार एयरलाईन्समा जागिर खाई छाडेकोमा पुनः सोही एयरलाईन्समा जागिर खान खोज्दा निजले दिएको आवेदनमा उमेर बढी भएको कारणले उक्त जागिरनपाउने देखिएकाले निज प्रतिवादीले मिति २०७१।०१।२० गते पुनः जिप्रका काभ्रेमा बास्तबिक विवरण ढाँटीझुठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता लिएकोले कारवाही अघि बढाएको छ । नेपाली नागरिकता ऐन २०६३ बमोजिमझुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
