सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले जिल्ला बचत संघ काभ्रेको २४ औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्य समिति र लेखा सुपरिवेक्षण समितिलाई एक कार्यक्रम बीच बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जाराको सभापतित्व तथा बागमती प्रदेश संसद एवं कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बाचत संघका अध्यक्ष जितेन्द्र नकर्मी लगायत संघको सिङ्गो टीम तथा सामुदायिक साकोसले संस्थमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण समेत गरेको थियो ।
सामुदायिक साकोसका पूर्व कर्मचारी समेत रहेका सिवजी सापकोटाले अमेरिकाबाट मानव संसाधनमा विद्यावारीधी गरेकामा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी, सामुदायिक साकोसका पूर्व अध्यक्षद्वय दिपक थापा र सम्भुलाल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । प्रवन्धक मदन बस्नेतले सामुदायिक साकोसले संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको जीवनमा आर्थिक परिवर्तन ल्याउन भूमिका खेलेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव मुकुन्द शर्माले गर्नु भएको थियो ।
