र्याले ÷स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टी छाडेर नेपाली काँग्रेसका प्रवेश गर्नेको लहर नै चलेको हो । पनौती नगरपालिका वडा न १ र्यालेमा एमाले पार्टी छाडेर सयौं जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्धय मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामाले टिका, खादा र पार्टी सदस्यता वितरण गर्नुभएको थियो । रयाले काठमाडौं सम्पर्क समितिका अध्यक्ष ध्रुव सापकोटाले कम्युनिष्टहरुले काँग्रेस भए कै कारण खिसिटियुरी गर्ने, होच्याउने गर्दा रयालेमा संगठन विस्तार गर्न नसकेको तितो यथार्थ रहेको स्मरण गर्नुहुँदै अब कम्युनिष्टलाई पराजित गर्न सक्ने अवस्थामा काँग्रेस पुगेको बताउनुभयो ।
पनौती नगरपालिका वडा न १ रयालेका सभापति लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेका काभ्रे सचिव माधव ढकाल, प्रदेश सभा सभापति रामहरी श्रेष्ठ, पनौती नगरसभापति रामशरण भण्डारी, भुम्लु सभापति दाबा लामा, जनजाती संघका सभापति रोशन लामा, महिला नेत्री अन्जु रञ्जित लगायतले मन्तव्य राख्नु भएको थियो ।
