बनेपा नगरपालिका वडा नं १० स्थित पुलबजार नजिकै बीच सडकमा संकास्पद वस्तु भेटिदाँ ४ घण्टा सडक अवरुद्ध भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेपछि विप्लब माओवादीले सोमबार बन्द घोषणा गरेको थियो । देशभरका विभिन्न ठाउँमा बम राखेको समाचार प्राप्त भएको छ । सिंहदरबार अगाडी समेत विहान संकास्पद बस्तु भेटीदाँ एक घण्टा सडक अवरुद्ध भएको थियो । बनेपा पुलबजारको बीच सडकमा रातो कपडाले बेरेर राखेको संकास्पद बस्तुलाई कालीजंगगण धुलिखेलका क्याप्टेन अजय परियारको सैनिक टोलीले विहान ९ः२० बजेको समयमा संकास्पद बस्तुको डिस्पोज गरेको गणपती मिलन थापाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार संकास्पद बस्तु बीच सडकमा भएको जानकारी आउना साथ प्रहरी टोलीले घटनाको खोजी अनुसन्धानका क्रममा सोहि स्थानबाट महाभारत गाउँपालिकाका विकास थिङ र युवागन्त थिङलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । बम राखेको भनिए पनि उक्त संकास्पद बस्तु रातो झोला भित्र कपडा कागजका टुक्रा र तार भएको सैनिक टोलीले जनाएको छ । ब्यागको बाहिर भने नोएमसीसी भनेर लेखिएको थियो ।
