IMG-LOGO

मतदाता दाबी विरोध फागुण २६ सम्म

 मंगल, फागुन १७, २०७८  ---

      मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तर्क्रिरया कार्यक्रममार्फत उक्त जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा, जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सीको विशिष्ट आतिथ्यतामा, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

      नामावली प्रकाशन जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहको वडा कार्यालयमा र निवेदन उजुरी उपर कारबाही जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन बताइएको छ  । नामावली हेर्ने, त्रुटी सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका व्यक्तिको नाम हटाउने र दाबी विरोध गर्न पाइनेछ भने नयाँ नाम थप्न र सार्न नपाइने निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्