IMG-LOGO

प्रजातन्त्र दिवसमा रक्तदान

 मंगल, फागुन १०, २०७८  ---

      नेपाल तरुणदल बनेपा नगर समितिले ७२ औँ प्रजातन्त्र दिवसको दिन रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार  कर्माचार्यको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस तरुण दल विभाग केन्द्रीय विभाग सदस्य सुधिर बैद्यको विशिष्ट आतिथ्यतामा फागुण ७ गते रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान  गर्नु भएको थियो । तरुणदल बनेपा नगर समितिका सभापति विजेन रञ्जीतको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्