प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको तेश्रो जिल्ला सम्मेलनले अधिवत्ता प्रदिप सापकोटाको नेतृत्वमा जिल्ला समिति गठन गरेको छ । उपाध्यक्ष लालतारा अधिकारी, रामकृष्ण बञ्जारा र विमला सापकोटा सचिव, राजेन्द्र पण्डित कोषाध्यक्ष, सदस्यहरूमा सुरेश ताम्राकार, सुरेन्द्र आचार्य, सुविस्था जोशी सदस्यमा चयन हुनुभएको छ । संगठनका केन्द्रीय सदस्य अधिवक्ता हरिशरण दाहालको प्रमुख आतिथ्यतामा र निवर्तमान जिल्ला अध्यक्ष कृष्णप्रसाद खनालको सभापत्तित्वमा सम्पन्न भयो । कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।
