जिल्ला प्रहरी कार्यालय काभ्रेले विहिबार जिल्ला स्तरीय नागरिक सुनुवाई तथा अन्तक्रिया कार्यक्रम बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा, लागुऔषध, मानव बेचविखन, महिला हिंसा लगायतका विषयमा सहभागिहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाल, प्रहरी उपरिक्षक चक्रराज जोशी, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठ लगायत वडाअध्यक्षहरु, समाजसेवी, विद्यार्थी, सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा सहभागिहरुले राखेका थिए । त्यसैगरी ग्रामिण भेगमा हुने महिला हिंसा, बालविवाह विरुद्ध सचेतनामूलक कार्यक्रम काभ्रेका विभिन्न प्रहरी इकाईहरुले बिहिबार नै सम्पन्न गरेका छन् ।
