IMG-LOGO

स्थानीय तहको निर्वाचन तयारी शुरु

 मंगल, फागुन १०, २०७८  ---

      जिल्ला निर्वाचन कार्यालय काभ्रेले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको जनाएको छ । जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नु हुँदै निर्वाचन सन्चालन तथा व्यवस्थापनमा सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन सम्बन्धी एकिकृत सुरक्षा कार्ययोजना तयार पारेको भन्दै निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्