IMG-LOGO

सम्वाद समूहको कार्यशाला

 मंगल, फागुन १०, २०७८  ---

      काभ्रे सम्बाद समूह काभ्रेले सम्बाद पुनर्ताजागी कार्यशाला गत मंगलबार २ दिने तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तयमा उपप्रमुख मञ्जु गौतमले गर्नुभएको थियो । स्थानीय पालिकाहरु र गैर सरकारी संस्थाहरुले जनताहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सेवा सुविधा दिन अग्रसर रहनु पर्ने उल्लेख गर्नुभयो । प्रमुख अतिथि केसीले विकास र समृद्धिको चरणबद्ध शुरु भएको बताउनुभयो ।

      कार्यक्रममा सम्वाद समूहका संयोजक हिरा लामाले सम्योजन गर्नु भएको  कार्यक्रममा क्षेत्रीय संयोजक राजेन्द्र मानन्धर र सम्बाद समूहका सदस्यहरुको सहभागीता रहेको थियो । प्रशिक्षक राम तिवारीले देशमा शान्ति सुशासन, अमयन चयन स्थापनाका लागि सम्वाद समूहको भूमिका रहेको बताउनुभयो । द्वन्द रुपान्तरण गरी समाज रुपान्तरण गर्न सम्बाद आवश्यक रहेको प्रशिक्षक तिवारीले बताउनुभयो । पाँचखाल नगरपालिका नगर उपप्रमुख लक्ष्मी दनुवार, नेपालबार एशोसियशन बार इकाई काभ्रेका सचिव मधुसुधन वाग्ले सम्वाद समूह काभ्रेका प्रशिक्षक भोला धिताल लगायतको उपस्थिति रहेको थियो । तालिममा २३ जनाको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्