IMG-LOGO

धुनपाको स्थापना दिवस ः योगदान गर्नेलाई सम्मान

 मंगल, फागुन १०, २०७८  ---

 

      देशको २ सय ९३ वटा नगरपालिका मध्ये नमुना नगरपालिकाको रुपमा कार्य गर्दै अघि बढेको धुलिखेल नगरपालिकाले आफ्नो ३६ औँ स्थापना दिवस बिहिबार सम्पन्न गरेको छ । नगर उपप्रमुख विमला शर्माले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल प्रसाद बास्कोटा हुनु हुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्कोटाले आगामी निर्वाचनमा पनि काभ्रेको १३ वटै पालिकामा नेकपा एमालेले चुनाव जित्ने उद्घोष गर्नुभयो । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणस्तर बृद्धि, जनताका जीवन स्तरमा साँच्चै परिवर्तन ल्याउने पार्टी नेकपा एमाले भएकोले अरु पार्टीले चियाउनु पनि नपर्ने तर्क प्रमुख अतिथि बाँस्कोटाले गर्नुभयो । उहाँले भन्नु भयो, सबै पालिका, वडा अध्यक्ष र पालिकाका प्रमुखहरुले ५ वटा परीवर्तनकारी योजना निर्माण गरी जनताका घरघरमा जान निर्देशन दिनुभयो । धुलिखेलको विकासको स्तरीयता बढ्दै गएको आगामी निर्वाचनमा पनि नगरमा अशोक व्याञ्जुको टिम आउने कुरा प्रमुख अतिथि एवं एमाले पार्टीका पोलिटव्यूरो सदस्य बाँस्कोटाले बताउनुभयो ।

      राष्ट्रको शिर उच्च पार्ने, जनताका जनजीवीकाका सवाल, जेष्ठ नागरिक, एकल महिला सबैलाई सामाजिक सुरक्षा भत्ता दिने पार्टी एमाले भएकाले जनताहरुले विश्वास गर्ने उहाँको कथन थियो । सर्वोच्च अदालतका ५ न्यायाधिसहरुले परमादेशी सरकार बनाई दिएकोमा अहिले ५ दलीय गठबन्धन सरकार केही गर्न नसक्ने, निकम्बा भएको, एमाले सरकारले ७ अर्ब डलर ल्याइदिएको थियो । त्यो पनि प्रधानमन्त्री शेरवहादुर देउवाले कहाँ पु¥याए कहाँ पु¥याए यो भष्मासुरको सरकार हो । भष्मासुर सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरालाई महाअभियोग प्रस्ताव ल्याएर प्रचण्डको डिजाइनमा चुनाव नगराउने खेलमा लागेको कुरा प्रमुख अतिथि बास्कोटाले बताउनुभयो । प्रचण्ड हत्याराको संज्ञा दिदै र अग्नी सापकोटा सभामुख गुरील्ला भएकाले देशलाई बर्वादी तर्फ धकेलेको प्रमुख अतिथि बाँस्कोटाले उल्लेख गर्नुभयो ।

      भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव रविन्द्र घोलिजु, काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्राडा. भोला थापा र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी लगायतले मन्तव्य राख्नु भएको थियो । धुलिखेल नगरपालिकाका नगर प्रमुख, नेपाल नगरपालिका संघका अध्यक्ष तथा युसी एलजी एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जुले साडे ४ वर्ष भित्र गरेका नगरपालिकाले गरेको विकासको प्रगतिको बारेमा बोल्नु भएको थियो । ४६ दशमलब ५ किमी सडक कालो पत्रे, ग्रावेल सडक ७१ किमी, ४ सय ३० किमी माटे सडक निर्माण, ३० किमी पक्की नाली, ३ सय ४० किमी थप नाली निर्माण भएको जनाएको छ । ५ हजार ७ सय १६ घरधुरीमा (८१ प्रतिशत) खानेपानी पु¥याउन सफल भएको र साना ठूला गरी ५१ वटा पार्क निर्माण गरेको धुलिखेल नगरपालिकाले जनाएको छ । १७ वर्ष देखि जिल्लामा हुन नसकेको शिक्षक दरवन्दी मिलान ८ वटा सार्वजनिक विद्यालयमा विज्ञान प्रयोगशाला, १ वटा आइसीटी ल्याव निर्माण गरी शैक्षिक गुणस्तर बृद्धिमा नगरपालिका अघि बढेको कुरा नगरपालिकाको ३६ स्थापना दिवसम सहभागी जनप्रतिनिधि र नगरवासीहरुलाई नगरप्रमुख अशोक व्याञ्जुले जानकारी गराउनुभयो ।

      नगरपालिकालाई विभिन्न विधाबाट योगदान पु¥याउनु हुने महानुभावहरुलाई सम्मान गरेको थियो । भौीतक पूर्वाधार निर्माण मन्त्रालयका सचिव रविन्द्र घोलिजू, धुलिखेल रत्न, केदार प्रसाद कोइराला, धुलिखेल नक्षेत्र, दिनेशकाजी योगल धुलिखेल प्रज्ञाश्री, रामबहादुर गौतम धुलिखेल सेवाश्री, बसन्तकँुवर, धुलिखेल तारा, रेणुका गुरुङ्ग धुलिखेल तारा, सागर तिवारी धुुलिखेल तारा, रमाइलो छत्रछायाँमुनी सामाजिक संस्था धु.न.पा.–७ धुलिखेल तारा, धनबहादुर विष्ट धुलिखेल तारा, भोजकुमार ठकुरी जनसेवाश्री र मिनगोपाल तरवाच्छे जनसेवाश्री त्यस्तै गरी रामशरण हुँमागाई र कुमार बस्नेत सम्मानित हुनु भएको छ । उक्त समारोहमा स्वास्थ्य शहर धुुलिखेल र शिक्षाको आँखी झ्याल पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्