नेपाली काँग्रेस पनौती नगर समितिले “घर–घर जाऔँ, काँग्रेस जिताऔँ” अभियान सुरु गरेको छ । नगरको अयोजनामा शनिबार एक दिवसीय प्रशिक्षण कार्यक्रमबाट सुरु गरिएको अभियानलाई नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामाले सम्बोधन गर्नु भएको थियो । नेपाली कांग्रस पनौती नगरका सभापति रामसरण भण्डारीको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा नपाली कांग्रसका काभ्रेका उपसाभापति रमेशप्रसाद हुमागाई र सचिव गुणराज माक्तानले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कांग्रेस नेता इन्द्रमणी अधिकारी नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, नेपाल महिला संघ क्षत्रीय सभापति जयन्ती हुमागाई र नगर सचिव नारायण सपकोटा लगायतले मन्त्व्य राख्नु भएको थियो । कार्यक्रममा नगरभित्रका १२ वटै वडाका पदाधिकारी, प्रदेश समितिका पदाधिकारी, भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
