बनेपा, सातौ राष्ट्रिय प्रोफेसनल टेकवान्डो ९क्ष्त्ँ० प्रतियोगिता यही २०७९ बैशाख ३ गते काभ्रे जिल्लाको बनेपा नगरीमा आयोजना हुने भएको छ । टेकवान्डो खेललाई व्यवसायीक तर्फ उन्मुख गराउने उद्देश्यले हुन लागेको नेपाल देशभरका सात वटा प्रदेश, विभागीय नेपाल आर्मी तथा नेपाल शसस्त्र प्रहर टिमका खेलाडीहरु सहभागी हुने छन् । काभ्रे टेकवान्डो ९क्ष्त्ँ० संघ तथा काभ्रे टेकवान्डो ९क्ष्त्ँ० एकेडेमीले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमश ः ७५ हजार, ५० हजार र २५ हजार नेपाली रुपैया सहित मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ । अन्य खेलाडीहरुलाई समेत सम्मान स्वरुप ट्रफि र रेफ्रि जुरीको भूमिका निर्वाह गर्ने सबैलाई मायाको चिनो तथा नगद प्रदान गरिने काभ्रे टेकवान्डो संघका संस्थापक अध्यक्ष तथा प्रतियोगिताका संयोजक राज मन्दिर श्रेष्ठले जानकारी दिनुभयो ।
