प्रारम्भीक सहकारी संस्थाहरुको दिगो विकास गर्नका निमित्त जिल्ला बचत संघ काभ्रेको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गत मंगलबार सम्पन्न गरेको छ । जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक प्रकाश बञ्जारा, जिल्ला बचत संघका प्रमुख सल्लाहकार रामहरी केसी, संघका उपाध्यक्ष सागर नाथ कपाली, सचिव शुरेन्द्र पौडेल, म्यानेजर्स क्लव काभ्रेका अध्यक्ष विवेकराज ठकुरी लगायतले मन्तव्य राख्नु भएको थियो । प्रारम्भीक सहकारी संस्थाहरुको अध्यक्ष र व्यवस्थापकहरु गरी ८४ जनाको कार्यक्रममा सहभागीता रहेको थियो । संघका प्रवन्धक गुरुप्रसाद ढकालले सञ्चालन गर्नु भएको कार्यक्रमको सहजीकरण उप प्रवन्धक रविकुमार केसीले गर्नु भएको थियो ।
