राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा काभ्रे जिल्लाका ५८ विद्यालय छनौट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका ४ हजार १ सय ५७ मध्ये काभ्रेका ५८ विद्यालय छनौटमा परेका छन् । मण्डनदेउपुर नगरपालिका ९, बनेपा नगरपालिकामा ८, धुलिखेल नगरपालिकामा ५, पाँचखाल नगरपालिकामा ३ र बेथानचोक गाउँपालिकामा ४, भुम्लुमा २, खानीखोलामा ३, रोशीमा ३, चौरीदेउराली गाउँपालिकामा ५, तेमाल गाउँपालिकामा ७, विद्यालय छनौटमा परेको मन्त्रालयले जनाएको छ ।
छनौटमा परेका विद्यालयले एका कम्प्युटर ल्याव, एक वाली विज्ञान, कम्प्युटर विज्ञान लगायत आइसीटी ल्याब व्यवस्थापन गरिने कुरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुणामणी पौडेलले जानकारी दिनुभयो । शैक्षिक सुधार कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको छैन् । नेपाल सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि भनेर ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्टाएको छ ।
