IMG-LOGO

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषक

 मंगल, माघ २५, २०७८  ---

सिप्रेडका परियोजना संयोजक किरण भुषालका अनुसार नमोबुद्धका ६ वटा वडामा सञ्चालन भइरहेको जलवायु अनुकुलन समाधान ९च्ःक्० कार्यक्रममा झण्डै पाँच सय महिला सहभागिता छन् । यो कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।

      अनुगमन टोलीमा इसिमोडबाट इरिका उदास, माधव ढकाल, नर्वेली दूताबासबाट कमला बिष्ट, शरद कर्माचार्य, नमोबुद्ध २ का वडा अध्यक्ष सञ्जीव ढकाल, सिप्रेडका रामदेव साह लगायत पनि सहभागी थिए । अनुगमन टोलीले स्थानीय महिला समूहसँग कार्यक्रम र यसको प्रभावकारिताका विषयमा छलफल पनि गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्