धुलिखेल, देशकै सबैभन्दा बढि पार्कको नमूना शहर बनाउने योजनाका साथ अघि बढेको धुलिखेल नगरपालिकाको योजना अनुरुप धुलिखेल नगरपालिका वडा नं. ७ सरस्वती बजारमा देवी सरस्वती धुलिखेलको पहिचानसँग जोडिएको बाघको मुर्ति सहितको सरस्वती पार्क श्रीपञ्चमीको दिन आइतबार एक कार्यक्रम बीच धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले उद्घाटन गर्नुभयो । उक्त पार्क १० लाख नगरपालिकाबाट र उपभोक्ता समितिबाट १ लाख ५० हजार गरेर ११ लाख ५० हजार कुल लागतमा निर्माण भएको कुुरा वडा अध्यक्ष रोमीप्रसाद व्याञ्जुले बताउनुभयो । कार्यक्रममा नगर उप–प्रमुख विमला शर्मा, मन्दिर उपभोक्ता समिति अध्यक्ष श्रीकृष्ण विजु श्रेष्ठ र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
