एमनेष्टी इन्टरनेशनल समूह ४३ बनेपाको ३० औँ वार्षिक साधारण सभा जुम मिटिङबाट गतमंगलबार सम्पन्न भएको छ । उक्त मिटिङमा ए.आइ नेपालका केन्द्रिय अध्यक्ष विक्रम ढुकुछु प्रमुख अतिथि हुनुहन्थ्यो । उहाँले एमनेष्टी इन्टरनेस्नलको वर्तमान स्थिति माथि प्रकाश पार्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि ए.आइ नेपालका केन्द्रिय सल्लाहकार प्रदिप पोखरेल र राजु सरकारको आतिथ्यता रहेको थियो । कार्यक्रममा समूह ४३ का सदस्य एवं पूर्व केन्द्रिय कोषाध्यक्ष हिरा शर्मा नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्घाटन मैनबत्ती प्रज्ज्वलन गरी केन्द्रिय अध्यक्ष विक्रम ढुकुछुले गर्नु भएको थियो ।
कार्यक्रममा सचिवको प्रतिवेदन एवं आगामी वर्षको कार्ययोजना राजेश्वर श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिवेदन समूह ४३ का सदस्य रमेश कुमार रञ्जितले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिद्वय प्रदिप पोखरेल र राजु सरकारले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम समूह ४३ सल्लाहकारहरु उत्तम मानन्धर, श्यामकृष्ण त्रिपाठी, सिध्दी गोपाल मानन्धर, टिकाभक्त भोछिभोया, हरिश्चन्द्र मानध्र, राजन भालु लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा समूह ४३ का संयोजक बुद्धिमान जोशीले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समूह ४३ का कार्य समिति सदस्य देवी प्रसाद गौतमले गर्नु भएको थियो ।
