IMG-LOGO

वन भगवती मन्दिर बन्ने भो

 मंगल, माघ २५, २०७८  ---

      बनेपा, बनेपा नगरपालिका वडा नं. १ पाण्डे गाउँमा वन भगवती मन्दिर बन्ने भएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले एक कार्यक्रम बीच शुक्रबार वन भगवती मन्दिरको शिलान्यास गर्नुभयो । नगरपालिकाबाट १२ लाख  र उपभोक्ता समितिबाट १ लाख ३४ हजार ४० गरी १३ लाख ३४ हजार ४० लागतमा सम्पन्न हुने कुरा उपभोक्ता समिति अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा (दाहाल), प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, कार्यपालिका सदस्य प्रमिला पाण्डे, उपभोक्ता समिति, स्थानीय र नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाको सहभागीता रहेको थियो । उक्त मन्दिर २०७८ चैत्र मसान्त सम्म सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्