IMG-LOGO

जिल्ला प्रशासनको सेवा प्रवाह आलोपालो

 मंगल, माघ २५, २०७८  ---

      कोभिड–१९ प्रकोप बढ्दो फैलँदो क्रममा रहेको हुँदा जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलले स्थानीय पालिकाहरुलाई तालिका अनुसार बार अनुरुप जनतालाई सेवा प्रवाह गरेको छ । सोमबार देखि शुरु हुने गरी काभ्रे जिल्लाका १३ वटा पालिकालाई फरक फरक समयमा सेवा लिने व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनारले जानकारी दिनुभयो। धुलिखेल नगरपालिका र रोशी गाउँपालिकालाई आइतबार , बनेपा नगरपालिका र चौरीदेउराली गाउँपालिकालाई सोमबार, पनौती  नगरपालिका र बेथानचोक गाउँपालिकालाई  मंगलबार, पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकालाई बुधबार, मण्डनदेउपुर र भुम्लु गाउँपालिकालाई विहिबार, नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकालाई शुक्रबार सेवा  प्रवाह हुने तालिका निर्धारण गरेको छ । त्यस्तै गरी महाभारत गाउँपालिकाको सेवा प्रावह भने इलाका प्रशसन कार्यालय देवीटारबाट हुँदै आएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्