काभ्रेमा सोमबार ३० जना कोरोना सक्रमित थपिएको छ । ६८ जनाको एऋच् र ३३ जनाको एन्टिजेन परिक्षण गर्दा ३० जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै ६० जना निको भई डिस्चार्ज भएका छन् । कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि बनेपामा ८४ जना छन् भने महाभारत र चौरीदेउराली गाउँपालिकामा १÷१ जना रहेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरूषोतम सेढाईले जानकारी दिनुभयो ।
