नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ’गजब छ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ३६ औं वार्षिकोत्सवको अवसर पारेर ल्याइएको यो नयाँ योजनामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले जनाएको छ । भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ ।
न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले उल्लेख गरेको छ । सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विशेष योजना छ । मुद्दतीमा निक्षेप राखेर आकर्षक ब्याज लिन चाहनेलाई यो योजनाले आकर्षित गर्ने देखिएको छ । बैंकले सातै प्रदेशका ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ केन्द्र र १३१ एटीएमबाट वित्तीय सेवा दिँदै आएछ ।
