संघीय संरचना अनुसार स्थानीय सरकारको निर्वाचन पछिको जनप्रतिहरुले विकासमा केही सकारात्मक ल्याएको भए पनि जनमानसमा भने असारे विकासको मानसिकता अझै हटेको छैन । आर्थिक वर्ष समाप्त भएको ६ महिनामा बनेपा नगरपालिकाले ३५ र धुलिखल नगरपालिकाले २६ प्रतिशत पूर्वाधार विकासमा वित्तीय प्रगति हाँसिल गरेका छन् । आर्थिक वर्ष ०७८÷०७९ मा बनेपा नगरको १ अर्ब ६० करोड बजेटमा पूर्वाधार विकास तर्फ ७३ करोड १७ लाख र अघिल्लो वर्षबाट सरी आएको २४ करोड बजेट गरी ९७ करोड १७ लाख बजेटबाट पूर्वाधार विकासमा खर्च हुने कुरा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताउनुभयो । चालु आर्थिक वर्षको ४ सय १९ योजनामा ३ सय ८० योजनाहरु सम्झौता भई कार्यन्वयन चरणमा गएको बनेपा नगरले जनाएको छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनामा ३५ प्रतिशत मात्रै वित्तीय प्रगति हाँसिल भएको छ । बाँकी योजना निर्धारित समयमा नै सकिन्छ त ? असारे विकास प्रवृतिको अन्त्यत अझै हुन सकेननि भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले यस्तो प्रतिक्रिया दिनुभयो । आर्थिक वर्षको पहिलो फेजमा उपभोक्ता समितिको गठनको पूर्व तयारी, ठैक्का टेण्डर आव्हान गर्नु पर्दा केही समय व्यतित भएको हो । आर्थिक वर्ष समाप्त भएको ६ महिना सकिदाँ ३५ प्रतिशत उपलब्धी हुनु राम्रो हो बाँकी ६५ प्रतिशत योजना समय सिमा भित्रै सकिन्छ । असारे विकासको परम्परा विगतमा भए पनि स्थानीय सरकार गठन भएपछि हटि सकेको छ । आगामी बैशाख भित्रनै स्थानीय सरकारको निर्वाचन गरी नयाँ जनप्रतिनिधि आउने भएको हुँदा चालु आर्थिक वर्षको विकास निर्माणले तिव्रता प्राप्त गरी समयमा नै पूर्वाधार विकासको योजना सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनु भयो ।
यसैगरी धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ को कुल बजेट १ अर्ब १५ करोड १५ लाख विनियोजन गरेकोमा पूर्वाधार विकास तर्फ ४९ करोड ३१ लाख रहेको कुरा योजना अधिकृत पुजा काफ्लेले बताउनु भयो । योजना अधिकृत काफ्लेका अनुसार २ सय २० योजना सम्झौता भएको जानकारी दिनुभयो । धुलिखेल नगरपालिकामा चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय प्रगति २६ प्रतिशत मात्र भएको छ बाँकी योजना समय सिमाभित्र सकिन्छ त भन्ने जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले यस्तो प्रतिक्रिया दिनुभयो । चालु आर्थिक वर्षमा पनि हामी समय सिमा भित्रै योजना सम्पन्न गछौँ । केन्द्र र प्रदेशबाट आउने बजेटमा केही ढिला सुस्ती हुने भएकाले मात्र प्रारम्भिक चरणमा वित्तीय प्रगतिमा २६ प्रतिशत मात्र उपलब्धी देखिएको हो । दोश्रो र अन्तिम किस्तामा पूर्वाधार तर्फ फड्को नै पार्ने गरी विकासले तिव्रता प्राप्त गर्नेछ । सम्पन्न भएका योजनाको भूक्तानी आसरमा नै बेसी हुने भएकाले असारे विकासको प्रवृत्ति हटेन भन्ने परेको हो । बास्तविकता भने त्यस्तो होइन भन्ने प्रतिक्रिया प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले दिनु भयो ।
