IMG-LOGO

फागुन १ बाट सबै सेवा सुचारु

 मंगल, माघ २५, २०७८  ---

      नेपालमा कोरोना संक्रमणदर क्रमिक रुपमा घट्दो क्रममा बढे सँगै २०७८ फागुन १ देखि विद्यालय, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरकारलाई सिसिएमसीसीले सिफारिस गरेको छ । कोभिड–१९ संक्रमण दर घट्दै गएकोले विज्ञहरुले विस्तार खुकुलो गर्दै लैजान सुझाव दिए पछि सबै क्षेत्र आंशिक देखि पूर्ण रुपमा खुल्ला गर्ने गरी सरकरालाई सिफारिस गरेको कुरा सिसिएमसिसी प्रवक्ता सुनिता नेपालले बताउनुभयो ।

      सिसिएमसिसीको सिफारिस अनुसार उपत्यका जिल्ला प्रशासन कार्यालयबाट सोमबार देखि यातायात क्षेत्रको जोर विजोर प्रणाली हटाएर सेवा सूचारु गरेको छ । फागुण १ गतेबाट शैक्षिक प्रतिष्ठान, डान्सबार, दोहोरी, रात्रीकालीन व्यवसाय राती १० बजे सम्म खुल्ने भएका छन् । त्यस्तै गरी हेल्थ क्लव, जिमखाना, फुटसल पनि स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाइने भएको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्