जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विभिन्न मातहतमा रहेका प्रहरी ईकाइहरुको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट भौगोलिक रुपमा दुरदराजमा रहेका प्रहरी ईकाइहरु प्रहरी चौकी कानपुर र पोखरीनारायणस्थान काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
उक्त अनुगमन निरीक्षण कार्यक्रममा श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यूबाट मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन, क्रममा विश्वव्यापी महामारीको रुपमा रहेको ऋइख्क्ष्म्–ज्ञढ को यस बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न, ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने, प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफू स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानूनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने भनि निर्देशन गर्नुभयो ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले समग्र जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितीलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ–आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी कार्य सम्पन्न गर्न निर्देशन गर्नुभयो । प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुद बनाउन लागि परेको बताउनुभयो ।
इकाई प्रहरी चौकी अनुगमन