IMG-LOGO

सुधार गृहमा बस्दै आएका सुहोनको मृत्यु

 मंगल, माघ १८, २०७८  ---

      पनौतीको मल्पी स्थित पिस होम पुनस्र्थापना केन्द्रमा बस्दै आएका १७ बर्षीय सुहोन श्रेष्ठको रहस्यमय निधन भएको छ । मण्डन देउपुर नगरपालिका वडा नं.१० स्थायी घर भएका सुहोन श्रेष्ठ ड्रगको सेवन गरी भौतारिदै हिड्ने गरेको हुँदा घर परिवारले जीवन सुधारका लागि पनौतीको पिस होम पुनस्र्थापना केन्द्रमा राखेको कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

      पुनस्थापना केन्द्रमा आइतबार दिउँसो ३ः३० बजे अचानक बेहोस भएर ढलेपछि ४ः३० बजे शिरमेमोरियल अस्पतालमा ल्याउँदै गर्दा सुहोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतक सुहोनको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतक सुहोनको हातको नाडीमा सामान्य चोट लागेको र थप अनुसन्धानको लागि पुनस्थापना केन्द्रका सञ्चालकहरुलाई सोध बुझ गरी प्रहरी अघि बढेको जनाएको छ । उक्त पुनस्थापना केन्द्रमा ५६ जना व्यक्तिहरु बस्दै आएको जनाएको छ  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्