पनौती एम्नेष्टी इन्टरनेशनल नेपाल इन्द्रेश्वर युथ नेटवर्कको छैठौँ वार्षिक साधारण सभा सोमबार पनौतीमा सम्पन्न भएको छ । एम्नेस्टी इन्टरनेशनल ग्रुप ७२ को कार्यालयमाभएको हो । कार्यक्रममा इन्द्रेश्वर युथ नेटवर्कका संयोजक पुष्पलता कोइरालाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा युथ नेटवर्कका सचिव पुजा दाहाल र कोषाध्यक्ष सृष्टि सापकोटाले प्रतिवेदन उपर छलफल गरी पास गर्नको लागि सभामा प्रस्ताव गरिएको जनाएको छ । इन्द्रेश्वर युथ नेटवर्कको उक्त साधारण सभामा स्वागत मन्तव्य युथ नेटवर्ककी सचिव पूजा दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सृष्टि सापकोटाले गर्नु भएको कुरा विकु नारायण ताम्रकारले बताउनुभयो ।
