IMG-LOGO

पनौती नगरपालिकाबाट विपन्नलाई निःशुल्क बीमा

 मंगल, माघ १८, २०७८  ---

स्वास्थ्य सम्बेदनशिलतालाई ध्यान दिएर पनौती नगरपालिकाले विपन्न तथा गरिव परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको छ । मानशिक स्वास्थ्य परीक्षण, स्त्री तथा प्रशुती रोगको उपचारको लागि विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य उपचार गराउँदै आएको कुरा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो । स्वास्थ्य बीमा क्षेत्रमा समेत नगरपालिकाले नयाँ कार्यक्रम सहित सेवा सञ्चालन गरेको छ । विपन्न, दलीत र जनजातीका लागि ६ सय परिवारको नगरले निःशुल्क बीमा गरिदिएको पनौती नगरपालिका स्वस्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले बताउनु भयो ।

      पनौती नगरका २ हजार भन्दा बढी नागरिकले बीमा गरेको जनाएको छ । त्यस्तै गरी विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ । पनौती स्वास्थ्य चौकीमा हरेक महिनाको दोश्रो शनिबार, कुशादेवी स्वास्थ्य चौकीमा महिनाको अन्तिम विहिबार बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी, त्यस्तै गरी कुशादेवी स्वास्थ्य चौकीमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले प्रत्येक महिनाको २८ गते स्वास्थ्य परीक्षण गर्नु हुन्छ । नगरबासीहरुको गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै वडाहरुमा व्यवस्थित स्वास्थ्य चौकी निर्माण अन्तिम चरण पुगेको नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्