काभ्रे जेसीज, काभ्रे महिला जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका सह–महामन्त्री नेता बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्ष २०२२ का काभ्रे जेसीज अध्यक्ष संजिप मानन्धर, महिला जेसीज अध्यक्ष सुमित्रा श्रेष्ठ, जुनियर जेसीज अध्यक्ष सृष्टि शाक्यले आगामी वर्षको योजनाका बारेमा जानकारी गराउनुभयो । त्यस्तै वर्ष २०२१ का काभ्रे जेसीजका अध्यक्ष सुवास वैद्य, काभ्रे महिला जेसीज अध्यक्ष देवकी आचार्य दुलाल र जुनियर जेसीजका अध्यक्ष निर्जन गौतमले आफ्नो कार्यकालमा गरिएका गतिविधिहरूका बारेमा जानकारी गराउनु भएको थियो ।
वर्ष २०२१ का अध्यक्षहरू सुवास वैद्य, देवकी आचार्य दुलाल र निर्जन गौतमलाई भुपु क्लबमा स्वागत गरिएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, वरिष्ठ अधिवक्ता जीवन बादे, शिक्षा सेवी राजेन्द्र जोशी, स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियर जेसीजबाट विवेक पुरी, नानीमाया जोशी उत्कृष्ट महिला जेसीजबाट मञ्जु आचार्य घिमिरे, स्व. खेम गुरुङ उत्कृष्ट सञ्चालकबाट रिकेश सैजु, राजेन्द्र जोशी उत्कृष्ट जेसीबाट सुमित मानन्धर, स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिताबाट स्वरुप शाक्य, स्व. आशाकाजी वैद्य स्मृतिबाट अनुशासित सुजन महर्जन र स्व. आत्मराम आचार्य स्मृति उत्कृष्ट सहभागिताबाट जेसी मोनिका शाक्यलाई सम्मान गरिएको थियो ।
