IMG-LOGO

वडाल गाउँमा बन्ने भो एक घर एक धारा खानेपानी आयोजना

 मंगल, माघ ११, २०७८  ---

धुलिखेल, धुलिखेल नगरपालिकाले नगरबासीmलाई गुणस्तरीय शुद्ध पिउने पानी सबै नगरबासीलाई खुवाउने योजना अनुरुपको एक घर एक धारा खानेपानी आयोजना धुलिखेल नगरपालिका वडा नं. ८ वडाल गाउँमा पनि लागु हुने भएको छ । आइतबार एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका नगर प्रमुख एवं नेकपा एमाले काभ्रेका अध्यक्ष समेत रहेका अशोक व्याञ्जुले ठुल्ढुङ्गे वडाल गाउँ खानेपानी आयोजनाको खानेपानी ट्याङ्की निर्माणको शिलान्याश गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख व्याञ्जुले विकास सबैको साझा भएकोले विकासमा राजनीतिकरण गर्नु नहुने धारणा राख्नु भयो । विकास निरन्तर प्रक्रिया नागरिकहरुको अधिकार भएकाले सबै मिलेर एकताबद्ध भई कार्य गर्नु पर्ने तर्क नगर प्रमुख अशोक व्याञ्जुले गर्नुभयो ।

     पानी विना मानव जीवनको कल्पना गर्न नसकिने, पशुपन्छी, चराचुरुङ्गी देखि बनस्पती सम्मलाई पानीको आवश्यकता भएकोले पानीको स्रोतको संरक्षण सम्बद्धन गर्नुका साथै हरेक खानेपानीको आयोजना समयसिमा भित्र कार्य सम्पन्न गर्नु पर्ने कुरा नगर प्रमुख व्याञ्जुले गर्नुभयो । स्थानीय सरकारको निर्वाचन पश्चात धुलिखेल नगरपालिकाले निर्धारण गरेको २७ वटा खानेपानी आयोजना ८१ प्रतिशत योजना सम्पन्न भएको यसै वर्षको आ.व. ०७८÷०७९ आर्थिक वर्ष भित्र ९१ प्रतिशत नगरवासीमा शुद्ध खानेपानी पु¥याउने नगरपालिकाले जनाएको छ । शहरी क्षेत्रमा मात्र ८ हजार घरधुरी छन् । त्यसमा ३ हजार ६८ घर  धुरीले मात्र पानी उपभोग गर्न पाएका छन् ।  बाँकीले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट पानी खुवाउने लक्ष्य लिएको छ ।

     देवीटारको ४ सय घरधुरी, बतासे डिपवोरिङ ४ सय ६० घरधुरी, काभ्रे भञ्ज्यङ ६ सय घर धुरी, पातलेखेत ४ सय र संंखु ४ सय घरधुरीलाई शुद्ध पिउने पानी खुवाउने कार्य सम्पन्न भएको धुलिखेल नगरपालिकाले जनाएको छ । धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले वडाले विजुली बत्ती, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा जनआवश्यकता अनुसारको विकास निर्माणले तिब्रता पाएको बताउनुभयो । ठुल्ढुङ्गे वडाल गाउँ खानेपानी आयोजनाका अध्यक्ष विष्णु बहादुर भुजेलले सबै उपभोक्ताहरु साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको उल्लेख  गर्दै आफु समय सिमा भित्रै खानेपानी आयोजना सम्पन्न गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

     स्थानीय एवं ठुल्ढुङ्गे  वडालगाउँ खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष उद्धव प्रसाद वडाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण बहादुर भुजेल, नेकपा एमाले धुलिखेल वडा नं ८ कमीटीका सचिव मिलन गौतम, ठुल्ढुङ्गे खानेपानी आयोजनाका सचिव इन्द्रमणी वडाल, कार्य समिति र खानेपानी उपभोक्ताहरुको सहभागिता रहेको थियो । उक्त खानेपानी आयोजनाको लागि २० लाख रकम नगरपालिकाबाट विनियोजन भएको छ । जनश्रमदान ४ लाख गरी २४ लाख लागत रहने छ । ४० हजार लिटरको एक ट्याङ्की, ३ हजार लिटरको एक र ५ हजार लिटरको ट्याङ्की गरी ३ वटा ट्याङ्की निर्माण हुने छ । उक्त आयोजनाले सम्पन्नता पाएपछि १ सय १८ घर धुरीले खानेपानी उपभोग गर्न पाउने छन् । काम गर्दै जाँदा नपुगेको खण्डमा नगर प्रमुख अशोक व्याञ्जुले दश लाख अपुग रहे पनि थपीदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमको सञ्चालन नवराज वडालले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्