बिर्ता देउरालीबाट तेमाल ठूलो पर्सेल जन्ती लिएर जाँदै गरेको बा २ ख ३७५९ नम्बरको बस खहरेबेसीमा दुर्घटना ग्रस्त हुँदा ४ जना सामान्य घाइते भएका छन् । ब्रेक फेल भई सडकमै अनियन्त्रित भई बस पल्टिएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
