अहिले ठगहरु सूचना प्रविधिलाई प्रयोग गरेर ठगी गरिरहेका छन् । ठगले फेसबुक, भाइबर ,हवाटएप र मोबाइल नम्बरको म्यासेज प्रयोग गरि ठग्ने गरेका छन् । धेरै घटनाहरु ठगिनेहरु आफु ठगिए पछि लाजले बाहिर ल्याउन सक्दैनन् । हालै वरिष्ठ हास्य कलाकार मनोज गजुरेमाथि अन्तराष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको कुरा बाहिर आएको छ । उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् ।
गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म कौन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् । सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।
तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ । दिनहुँ जसो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीले समेत बताउदै आएको छ ।
