सपनाको मुलुक अमेरिका पुग्ने रहर धेरैलाई हुन्छ कति त लाखौँ रुपैयाँ खर्च गरेर पनि अमेरिका जान मरिहत्ते गर्छन् । त्यसमाथी यूएस डाइभर्सिटी भिसा (डिभी) परेर जान पाउनु ठूलो भाग्य सम्झन्छन् तर भाग्यले साथ दिएर इडिभी–२०२० को नतिजामा नाम निस्किएका धेरैको जीवन अन्योल बनेको छ । सन् २०२२ को लागि गत मे–८ मा डिभीको नजिता सार्वजनिक भएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरुलाई डिभी परेको छ ।
२०२२ का एक डिभी विजेताका अनुसार उनीहरुले अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु गरि अमेरिकाको भिसा पाउने प्रावधान छ । तर, नेपाली डिभी विजेताहरुलाई अमेरिकी दूतावसले अहिलेसम्म भिसा नदिएको उनले बताए । दूतावासले डिभीको प्रक्रिया अगाडि बढाउन कुनै चासो नदिएको डिभी विजेताहरुको गुनासो छ ।अक्टोबरमा र नोभेम्बरमा काठमाडौंस्थित अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेपनि डिभी विजेताहरुलाई भने भिसा प्रदान नगरेको डिभी विजेताहरुको भनाइ छ ।
२०२२ का डिभी विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान छ । युरोपेली, अपिÞ्रmकी मुलुकहरुमा धेरै संख्यामा डिभी भिसाको अन्तरवार्ता भई अधिकांसले भिसा प्राप्त गरिरहेको र काठमाडौंस्थित अमेरिकी दूतावासले कुनै चासो नदेखाएको भन्दै डिभी विजेताहरु चिन्तित बनेका छन् । विभिन्न माध्यमबाट ध्यनाकर्षण र दवाब दिँदा पनि दूतावासले चासो नदिएको उनीहरुको गुनासो छ ।
