शिक्षा मन्त्रालयको आलटाल र विद्यार्थीहरुको भविष्य प्रति चिन्तनशिल नहुँदा माघ महिलो साता सम्म पनि परीक्षा तालिका सार्वजनिक नभएकोबाट प्रष्ट हुन्छ । व्यवस्थापिका संसद अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले धारणा राखेको बेला राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षा बोर्डको अनुसार यस वर्षको एसईई बैशाखमा सञ्चालन हुने भएको जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी बैशाखको शुरुमा परीक्षा शुरु हुने परीक्षा तालिका केही दिन मै सार्वजनिक हुने बताउनु भयो । बैशाखमा एसईईको परीक्षा गरे पनि कक्षा ११ को नयाँ शैक्षिक शत्रलाई कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरीने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भयो ।
