IMG-LOGO

प्रशासन र मालपोत कार्यालयको सेवा प्रवाह स्थगन

 मंगल, माघ ११, २०७८  ---

     जिल्ला प्रशासन कार्यालय काभ्रे र मालपोत कार्यालय काभ्रेका केही कर्मचारीहरुमा कोभिड–१९ को नयाँ भेरियन्टबाट संक्रमित भएकोले नागकिहरुलाई प्रदान गर्दै आएको सेवा प्रवाह स्थगन गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलले माघ ९ गते देखि माघ १४ गते सम्मको लागि अत्यावश्यक सेवा बाहेकका अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता, संघ संस्था तथा हात हतियार सम्बन्धी कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय पत्र स्थगित गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिनुभयो ।

     त्यस्तै गरी माघ १० गतेबाट १४ गते सम्म अत्यावश्यक सेवा, आन्तरिक प्रशासनिक कार्यहरु बाहेकका सेवा प्रवाह कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरु स्थगन गरेको मालपोत कार्यालय काभ्रेले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्