IMG-LOGO

डा. सुमनको ‘पनौतीका किंवदन्ती’ विषयक पुस्तक लोकार्पित

 मंगल, माघ ४, २०७८  ---

 

     ईन्द्रेश्वर माविका प्रथम एलएसी (प्रवेशिका) परीक्षा केन्द्र समूह २०४४ ले हालै नियुक्त हुनुभएका कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो । सोही समारोहमा डा. सुमनराज ताम्राकारद्वारा लिखित पुस्तक ‘पनौती ः अ माईथोलोजिकल स्केच’ को राष्ट्रिय संस्करण पनि लोकार्पण भयो । बाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईं, ईन्द्रेश्वर उच्च माविका अग्रज शिक्षक कृष्ण दर्शन जोशी, ईन्द्रेश्वर क्याम्पसका क्याम्पस प्रमुख श्रीकुमार सुवाल, वरिष्ठ पत्रकार एवं व्यवसायी भोला थापाले संयुक्त रुपमा उक्त पुस्तक लोकार्पण गर्नु भएको थियो ।

     उक्त कार्यक्रममा मन्त्री बसुन्धरा हुमागाईले डा. ताम्राकारको विविध प्रतिभाबाट प्रभावित भएको र यस पुस्तकले पनौती भेगको प्रचारप्रसार एवं पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । चिकित्सा जस्तो संवेदनशील पेशा गरिरहेर पनि कला संस्कृति, साहित्य सिर्जनामा निरन्तरता दिइरहनु भएकोमा अन्य अतिथिहरुले पनि प्रशंसा व्यक्त गर्नुभयो । पनौतीका प्राचीन कथाहरु र किंवदन्ती समेटिएको उक्त पुस्तक अंग्रेजी भाषामा छ । पनौती घुम्न आउने तथा पनौतीमा रुची राख्ने अन्तर्राष्ट्रिय पर्यटक एवं पाठकहरुलाई लक्षित गरेर अंग्रेजी भाषामा प्रकाशनमा ल्याइएको हो । यस अघि अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन यसै पुस्तकको काभ्रे संस्करण पनौतीमा लोकार्पित भैसकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्