नेपाल बचत तथा ऋण सहकारी संघ लि (नेफ्स्कुन)ले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका २४ औँ साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिलाई बधाई तथा शभकामना सहित ज्ञापन गरेको छ । सोमबार उग्रचण्डी बैन्क्वेटमा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष परीतोष पौड्यालले सहकारी ४ सिद्धान्तका सिपाही हामी सबै भएकाले यसको गरिमा उच्च राख्नु हाम्रो कर्तव्य भएको उल्लेख गर्नुभयो । हारजीतलाई प्रतिष्ठानको विषय बनाउनु नहुने अभियान जीवन्त हुने हुँदा कोही कसैले मनस्थिति कमजोर बनाउनु नहुने धारणा नेफ्स्कुनका अध्यक्ष परीतोष पौड्यालले राख्नुभयो ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष जीतेन्द्र नकर्मीले प्रारम्भीक ३ सय सहकारी संस्थाहरु बचत संघमा आबद्ध गराई सवल र सक्षम बनाउने तर्क गर्नुभयो । नेफ्स्कुनले विगतमा अन्तर लगानी कार्यक्रम अघि बढाएको थियो । विच मै किन रोकियो यसको कुनै लेखा जोखा नगरिएकोमा जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा नेप्mकुनका संचालक जिबसराज खड्का र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका सञ्चालक प्रदिप थापा लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन गणेश तिमल्सिनाले गर्नु भएको थियो ।
