IMG-LOGO

राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम

 मंगल, माघ ४, २०७८  ---

ं     पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति काभ्रे र युवा नेपाल काभ्रेले माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरेको पाईएको छ । माघ १ गतेको दिनमा पंतजली योग समिति नेपालको आयोजनामा भएको अनलाई सूर्य नमस्कार प्रतियोगितामा श्री श्रृष्टिकान्त लोकेश्वर योग साधना केन्द बनेपा ४ उग्रचण्डी नालाबाट १००८ पटक सूर्य नमस्कार पूरा गर्नुभई काभ्रे जिल्लाकै पहिचान गराईदिनुभएको छ ।

     यस्तै सोही केन्द्रका श्री सूर्यनारायण श्रेष्ठज्यूबाट ७०० पटक सूर्य नमस्कार, पंतजली योग समिति महिला सदस्य श्री सन्ध्या रञ्जितकारबाट ६०० पटक, पंतजली योग समिति युवा काभ्रेका सदस्य लक्ष्मीरायण श्रेष्ठबाट ६०० पटक र सयौं योग साधकहरुबाट १०८ पटक सूर्य नमस्कार पूरा गरी योग दिवस मनाईएको थियो । सोही उपलक्ष्यमा माघ ३ गते रेडक्रस भवन बनेपामा रक्तदान कार्यक्रम अयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रमको शुभारम्भ पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले गर्नुभएको कार्यक्रममा पंतजली योग समिति काभ्रेका पदाधिकारी तथा सदस्यहरुले रक्तदान गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्