IMG-LOGO

नमोबुद्धको एघारौं नगरसभा

 मंगल, माघ ४, २०७८  ---

     भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ ।

     नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था दर्ता सम्वन्धमा बनेको विधेयक पेश गरिएको छ । नगरपालिकाको संस्थागत विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजकसमेत रहेका वडा नं ७ का वठा अध्यक्ष धर्मसिं लामाले ‘नमोबुद्ध नगरपालिकाको संस्था दर्ता सम्वनधमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पेश गरेका हुन् ।

     यस्तै नगरसभा बैठकमा विधायन समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८ माथिको संशोधन प्रस्ताव पेश गरेका छन् । नगरसभाको आगामी माघ ६ गते बस्ने दोस्रो बैठकले आवश्यक छलफल र संशोधनपछि संस्था दर्तासम्वन्धी विधेयक तथा विनियोजन विधेयकको संशोधन प्रस्ताव पारित गर्नेछ ।

     नमोबुद्ध नगरपालिकाले यसअघि १० वटा नगरसभा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसबीचमा नगरपालिको दर्जनौं ऐन, कानुन तथा निर्देशिका र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । गत बर्ष चैतमा नमोबुद्ध नगरपालिकाको विशेष नगरसभासमेत सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्