नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनले अशोककुमार व्याञ्जुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भूर्तेल, उप–सचिव रिता ढकाल र राजकुमार सापकोटा निर्वाचित हुनु भएको छ । अध्यक्ष अशोककुमार व्याञ्जु र रिता ढकाल निर्विरोध निर्वाचित भएको हो । उप–सचिवमा कुमार तिमल्सिना र राजकुमारको बराबर मत प्राप्त भएपछि गोला प्रथा राजकुमार सापकोटाले बाजी मार्नु भएको छ । दलित, जनजाती, महिला, मजदुर, अल्पसंख्यक र भ"गोल तर्फ गरी १ सय ५ जनाको जिल्ला कमिटी गठन भएको छ ।
तीन पत्रकार जिल्ला सदस्य
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा ४ पत्रकार चुनावी मैदानमा उत्रेकामा ३ जनाले विजयी हाँसिल गर्नु भएको छ । नेपाल पत्रकार महासंघ काभ्रेको २ पटक अध्यक्ष हुनु भएका भोजराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका बर्तमान सल्लाहकार समेत रहेका नवराज वजगाई त्यस्तै गरी सजना आचार्य चुनावी मैदानबाट बिजयी भई जिल्ला सदस्य बन्नु भएको छ । पत्रकार श्याम सापकोटाले भने चुनावी मैदानमा उत्रेर हार बेहोर्नु प¥यो ।
