IMG-LOGO

मकर मेलामा निःशुल्क स्वास्थ्य शिविर

 मंगल, माघ ४, २०७८  ---

     १२ वर्षे पनौती मकर मेला २०७८ को अवसरमा एक महिने (माघ १ – माघ २९ गते सम्म) निःशुल्क स्वास्थ्य शिविर आज माघ १ गते बाट मञ्जुश्री फाउण्डेशन नेपाल तथा आरम्भ सोसियल वेलफेयर –बनेपाको संयुक्त आजोजनामा पनौती इन्द्रेश्वर महादेव मन्दिर परिसरमा सुरु भएको छ । उक्त शिविरमा पनौती न.पा.का मेयर भिम न्यौपाने, उप–मेयर गीता बञ्जारा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षें तथा उपाध्यक्ष कैलाश पलाञ्चोके, रोटरी क्लब अफ इडवार्डस्टन, एडिलिड, अष्ट्रेलियाका प्रेसिडेन्ट इलेक्ट रोटरियन जोन रोनाल्ड प्राइस, पत्रकारहरु, विभिन्न संघ–संस्थाका पदाधिकारीहरु, स्वयम सेवक, चिकित्सक तथा नर्स लगायतको सहभागीता रहेको थियो ।

     उक्त कार्यक्रममा एबचतलभच ऋगिद ः च्बऋ प्ग्ःक् सहयोग पु¥याएको कुरा रुकेश राज भण्डारीले बताउनु भयो ।डा. श्रेया ध्योजु श्रेष्ठ, डा. मनिषा रोकाया, डा. काजल राणा, सदिक्षा खड्का, येङ याङदेन, लिसा धौबञ्जार, रोजा त्योछिना, रेश्मा लिम्बुले सहयोग गर्नुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्