जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको बैठकले स्मार्ट लकडाउन कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल सरकार (मन्त्रि परिषद)ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ प्रकोप नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएको सन्दर्भमा सोको रोकथाम नियन्त्रण उपचारका लागि संक्रमण ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको ३६ बुँदे आदेश अनुसार कार्यान्वयन गर्ने जनाएको छ ।
स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजीमको व्यवस्थाहरु कार्यान्वयन गर्ने, सार्वजनिक यातायात सञ्चालनमा सिटक्षमता भन्दा बढी यात्रु नराख्ने यात्रुले मास्क नलगाए चालक सहचालकले ५ रुपौयामा मास्क उपलब्ध गराउने सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था मिलाउने, चालक, सहचालकले फेससिल्ड लगाउने, मन्त्रि परिषदले जारी गरेको ३६ बुँदे अन्तरगत पार्टी प्यालेस , बैन्क्वेटहरुले शुभकार्य सञ्चालन गर्दा ५० जना भन्दा बेसी मानिसहरुको भिड गर्नु नहुने त्यस्तै गरी सभा, समारोह, भेला गर्दा २५ जना भन्दा बढी भेला हुन नहुने आदेश जारी गरेको छ । सो अनुसार कार्यान्वयन गर्न गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारका प्रमुख, उपप्रमुख र सरोकारवाला संघ संस्थाहरु सहितको सहभागीतामा उक्त निर्णय गरेको हो ।
