काभ्रेमा सोमबार १५४ जना कोरोना संक्रमित थपिएको छ ।३२६ जनाको एऋच् र ९१ जनाको एन्टिजेन परिक्षण गर्दा १५४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै १५ जना निको भई डिस्चार्ज भएका छन् । कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि धुलिखेलमा १७३ जना छन् भने खानि खोला गाउँपालिकामा शून्य रहेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरूषोतम सेढाईले जानकारी दिनुभयो ।
