बनेपा बचत तथा ऋण सहकारी संस्था लिले काभ्रेपलाञ्चोक जिल्ला बचत संघको २४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई सम्मान गरेको छ । बनेपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमन पोटेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकारहरु राजु सरकार र राजन भालु, सञ्चालक समिति तथा उपसमितिहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी, उपाध्यक्षद्वय सागरनाथ कपाली, निर्मला श्रेष्ठ, सचिव सुरेन्द्रप्रसाद पाण्डे, कोषाध्यक्ष जीवन श्रेष्ठ, सहसचिव विकास वादे र सदस्यहरु गणेशकुमार तामाङ, सत्यवती भट्टराई, बालकृष्ण दाहाल, रुशन श्रेष्ठ, रमेश प्रसाद न्यौपाने, ज्ञानु दाहाल र विनोद सापकोटालाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक शिवप्रसाद आचार्य सदस्यहरु पुष्पराज कोइराला र दिपेन्द्र श्रेष्ठलाई शुभकामनाका साथ बधाई ज्ञापन र मायाको चिनो निर्वाचित टिमलाई संस्थाले प्रदान गरेको थियो ।
